Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि, अन्तिम नतिजा आज आउने


0
Shares

त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उनले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गरेको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ ।

बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् । रासस