२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


श्रीलंका बाढीपहिरोमा मृत्युहुनेकोे संख्या १०० पुग्यो


0
Shares

प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ ।

गत बिहीबार आएको भीषण बर्षापछिको बाढी पहिरोले अहिलेसम्म देशभरका विभिन्न ठाउँका दुई लाखभन्दा बढी मानिसलाई असर पारेको छ ।

जलवायु विभागले दक्षिण पश्चिमी टापु क्षेत्रमा शनिबार (आज) पनि वर्षा र हावाहुरीसहितको खराब मौसम जारी रहने जनाएको छ ।

श्रीलंकाको विदेश मन्त्रालयले पनि घटनास्थलमा आपत्कालिन उद्धार इकाइको तर्फबाट उद्धार तथा राहत व्यवस्थापनका लागि काम गरिरहेको छ ।

मन्त्रालयले पीडितलाई उद्धार तथा राहतका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघीय निकाय र छिमेकी मुलुकलाई पनि आग्रह गरेको छ । विषेश गरेर घटनास्थलमा खोजी तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरिएको विदेश मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा