
अपांगता भएकै कारण धेरै मतदाता मताधिकारबाट बन्चित हुनुपरेको गुनासो आएपछि आपांगतामैत्री केन्द्र बनाउन लागिएको जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदीप साहले बताए ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ११७ ओटा मतदानस्थलअन्तर्गत १४३ ओटा मतदान केन्द्र तोकिएका छन् ।
कुल ९५ हजार ३ सय ६७ जना मतदाता रहेको धनकुटामा १७३ जना अपांगता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्