२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकार दोस्रो चरणको निर्वाचन टार्ने खेलमा लागिरहेको छ : केपी ओली


0
Shares

प्रेस चौतारीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले वर्तमान सरकारलाई राष्ट्रिय जनता पार्टीको नियन्त्रित र निर्देशत भएको आरोप लगाउँदै चुनाव नै नगराउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।

उनले चुनाव विथोल्नकै लागि सरकारले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन गर्न उक्साएको जिकिर गरे । अहिलेको संसद्बाट महत्वपूर्ण कानुन बनाउन लाग्नुपर्ने भए पनि सरकार भने अन्य विषयमा अल्झिरहेको उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा अध्यक्ष ओलीले नेकपा एमाले सधैं सहमतीय सरकारको पक्षमा रहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस नै सहमतीय सरकारको विपक्षमा भएको आरोपसमेत लगाए ।