
पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको छ हप्तामै कहीँ कतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिँदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार तेस्रो-चौथो स्थानमा आउनु मतदाताले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट सङ्केत भएको प्रवक्ता प्रा. डा. सूर्यराज आचार्यले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले कामपा प्रमुख र उपप्रमुखमा निर्वाचित नेकपा (एमाले)का विद्यासुन्दर शाक्य तथा नेपाली काँगे्रसकी हरिप्रभा खड्गीलाई बधाई दिँदै उनीहरुको नेतृत्वमा देशको राजधानी सहरको सपना पूरा होस् भन्ने कामना गरेको छ ।
नवनिर्वाचित नेतृत्वलाई पार्टीका तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।
पार्टीले शुभेच्छुक, समर्थक, स्वयम्सेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग, प्रमुख र उपप्रमुखका उम्मेदवार थापा र यादवका साथै पार्टीकै समर्थनमा ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएर दोस्रो र तेस्रो स्थानमा आएका शोभा शाक्य र रमेश महर्जनप्रति पनि आभार प्रकट गरेको छ ।
देश बनाएरै छोड्ने पार्टीको अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने विश्वास प्रवक्ता आचार्यले व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्