
सिन्धुली, असार २० । सिन्धुलीको कमला नदीमा आठ वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन ।
धेरै आयोजनाको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनको लापरबाहीले आयोजना अलपत्र बनेको हो ।
आठ वर्षअघि सरकारले ३२ करोडमा पप्पु कन्ट्रक्सन कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो ।
कुल ५ सय ४६ मिटर लम्बाइ र ६ मिटर चौडाइ हुनुपर्ने पुल ३ वर्षमै निर्माण गर्नुपर्ने थियो ।
धरान, चतरा, सिन्धुली हुँदै हेटौंडा पुग्ने वैकल्पिक राजमार्गको बीचमा रहेको कमला नदीको पुलको निर्माण कार्य अलपत्र हुँदा धेरैलाई आवतजावतमा मात्रै समस्या भएको छैन वर्षेनी दर्जनौँ मानिसले ज्यान गुमाएका छन् ।
ठेकेदार कम्पनीकै लापरबाहीले पुलको यस्तो दुर्दशा भएको सर्वसाधारणले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्