
आइतबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले आगामी पाँच वर्षभित्र नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने बताए ।
उनले भूकम्पले भत्काएका संरचना पुनःनिर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरी पुनःनिर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पनि जनताका काम बढीमा तीन दिनभित्र सम्पन्न गर्ने गरी आफूले काम थालिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्