२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


ताप्लेजुङमा ‘मानवताका लागि करुणा’ अभियानद्वारा विद्यालयमा पुस्तकालय


0
Shares

ताप्लेजुङ । संचारकर्मीहरुको अगुवाईमा सञ्चालित ‘मानवताका लागि करुणा’ अभियानले ताप्लेजुङको एक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।

डेढ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील अभियान मार्फत फुङलिङ नगरपालिकास्थित मेवाराजा आधारभूत विद्यालयमा दुई हजार पुस्तकसहितको पुस्तकालय स्थापना गरिएको हो ।

सरस्वती पूजाको अवसर पारेर पुस्तकालय उद्घाटन गरिएको अभियन्ता भुवन केसीले जानकारी दिए ।

उक्त विद्यालयमा स्थापित छात्रवृत्ति अक्षयकोषलाई समेत ८५ हजार १ रुपैयाँ अभियानले प्रदान गरेको छ ।

अभियानले यसअघि मुलुकका विभिन्न ठाँउमा बाढी, पहिरो, भूकम्प र आगलागीमा परेका पीडितहरुलाईसमेत सहयोग गर्दै आएको छ ।

त्यस्तै पुस्तकालय उद्घाटनका क्रममा स्वर्गीय सिंहबहादुर खबासको स्मृतिमा उनकी श्रीमती रेवता खबास र छोराहरुले १ लाख ५ सय ५ रुपैयाँ छात्रवृत्ति अक्षयकोषलाई हस्तान्तरण गरेका छन् ।