
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँमा ऐतिहासिक सुरुङ मार्ग फेला परेको छ ।
कुहूँ मालिका मन्दिर नजिकै १७ औं शताब्दीको ऐतिहाँसिक सुरुङमार्ग भेटिएको हो ।
योे सुरुङमार्ग तत्कालीन बाइसे/चौविसे राज्यका शक्तिशाली मानिएका राजा डिम्व मल्लले शत्रुहरुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको बताइन्छ ।
सुरुङमार्गको लम्वाई करिब ५० मिटरको छ । पूर्व-पश्चिम फैलिएको सो सुरुङ मार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिने स्थानीय वुद्धिजीवि एवम् शिक्षक भद्रबहादुर जिसीले बताए ।
गुफाको पूर्वतर्फ करिव ७० मिटरको दूरीमा तत्कालिन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र वाँकी छ ।
गाउँको सिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला अर्थात् सानो दरबार बनाएर तत्कालिन राजा बस्ने गर्दथे ।
सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज ३ मिनेटसम्म सुन्न सकिने स्थानीयको भनाइ छ ।
यो स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्