२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

काठमाडौं, माघ २८ । काठमाडौंको सिनामंगल स्थित कार्गो गेट अगाडी आज बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सोलुखुम्बु घर भई काठमाडौं सिनामंगलमै बस्दै आएका ४६ बर्षीय पदम बहादुर कार्कीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका कार्कीको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा आज बिहान ६ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा३ख ७०५७ नम्बरको बसले बिहान पौने ६ बजे पैदलयात्री कार्कीलाई ठक्कर दिएको हो । बस चालक सम्पर्कविहीन रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।