२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आदिवासी जनजाति नेतृत्व तहमा ४२ प्रतिशत (भिडियो रिपोर्ट)


0
Shares

निर्वाचन नेतृत्व छान्ने सुनौलो मार्ग भएकाले यसपटकको निर्वाचनमा जनजातिहरु उल्लेख्यरुपमा प्रतिनिधित्व गर्न सफल भएका हुन् ।

संघीय गणतन्त्र स्थापनापछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणमा आदिवासी जनजाति समुदायको उपस्थिति नेतृत्व तहमा बलियो देखिएको हो ।

यसपटक करिब ४२ प्रतिशत प्रतिनिधि यो समुदायबाट नेतृत्व तहमा निर्वाचित भएको छ । जुन निकै ठूलो उपलब्धि हो ।

प्रदेश नम्बर–३, ४ र ६ का नगर र गाउँपालिका प्रमुखको २८३ स्थानमध्ये १२१ जना प्रमुखमै निर्वाचित भएका छन् । जसमा चार महानगरमध्ये दुई र ९२ नगरपालिकामध्ये २२ मा उनीहरु प्रमुखमा निर्वाचित भएका हुन् ।

१८६ गाउँपालिकामध्ये ९७ तहको अध्यक्षमा जनजाति समुदायले नै प्रतिनिधित्व गरेको छ । १२१ जनामध्ये ६ जना महिला प्रमुख पदमा निर्वाचित भएका छन् ।

समावेशी अवधारणाअन्र्तगत् भएको निर्वाचनमा महिला, दलित महिलाको लागि छुट्टै कोटा छ्ट्याएको छ । कोटा नछुट्याएको प्रत्यक्षको निर्वाचित हुने पदमा पनि आदिवासी जनाजाति समुदायले बलियो उपस्थिति देखाएका हुन् ।

२०६८ सालको जनगणनाअनुसारको कुल जनसंख्याको ३८ प्रतिशत आदिवासी जनजाति छन् । निर्वाचित जनसंख्याको अुनपातमा हेर्ने हो भने स्थानीय तहमा आदिवासी जनजातिले आफ्नो जनसंख्याभन्दा धेरै प्रतिनिधित्व गरेको छ ।

निर्वाचित हुनेमध्ये नेवार, तामाङ, मगर, गुरुङ समुदायको उपस्थिति ठूलो छ ।

स्थानीय तहमा देखिएको यो उपस्थितिलाई आदिवासी जनाजाति अगुवा तथा समाजशास्त्रीहरु आदिवासी जनजातिहरुमा राजनीतिक चेतना अभिवृद्धि हुँदै गएको संकेत भएको बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।