
सोमबार व्यवस्थापिका–संसद बैठकमा बजेट वक्तव्य दिंदै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेका हुन् ।
यो बजेट गत वर्षकोभन्दा १७ दशमलव ६ प्रतिशतले बढी हो । कुल बजेटमध्ये ३ खर्ब ३५ अर्ब २७ करोड पुँजीगत खर्चतर्फ रहेको छ भने चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४० अर्ब २८ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्रीले कुल बजेटमध्ये राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ जुटाउने लक्ष्य पेस गरेका छन् भने वैदेशिक अनुदानबाट ७२ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिइएको जनाएका छन् ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब र आन्तरिक ऋणबाट २ खर्ब जुटाउने लक्ष्य पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्