
नगरपालिकाको प्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोम मिश्र ८ हजार ५ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गरे ।
यसैगरी, उपप्रमुखमा एमालेकै बिना बास्तोलाले ८ हजार ७ सय ८९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राधा बानियाँले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन् ।
चाँगुनारायण नगरपालिकामा वडा न–१, २, ५ र ७ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ भने वडा नम्बर–३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ ।
निर्वाचित भएपछि सन्चारकर्मीसँग कुरा गर्दै मिश्रले घोषणापत्रअनुसार नै नगरपालिकाको समग्र विकासका लागि काम गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्