Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


मेरुदण्डमा चोट लागेका व्यक्तिलाई पुनःस्थापना केन्द्र


0
Shares

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले मंगलबार (आज) उद्घाटन गर्दै मन्त्रालयले मेरुदण्डमा चोट लागेर दुःख पाएका मानिसको उपचारका लागि सहयोग गरिने बताए ।

नेपाल सरकारको संयुक्त लगानीमा काभ्रेको भैँसेपाटीमा पहिलो चरणको भवन बनेको संघका कार्यकारी निर्देशक इशा थापाले जानकारी दिइन् ।

सन् २००२ देखि बिरामीको पुनःस्थापनाका लागि आवश्यक पर्ने चिकित्सक तथा नर्सिङ सेवा, फिजियोथेरापी, अकुपेसनल थेरापी, सामाजिक तथा परामर्श सेवा, ह्विलचेयर सेवा, ओपिडी तथा विभिन्न किसिमका व्यावसायिक तालिम सञ्चालन गर्दै आएकामा काभ्रेको भैँसेपाटीमा स्वास्थ्य मन्त्रालयको स्वीकृति लिई ५१ शैय्याको स्पाइनल इन्जरी पुनःस्थापना केन्द्र सञ्चालन गरिएको छ ।

पुनःस्थापनापछि घर फर्किएकाहरुलाई आत्मनिर्भर बनाउन केन्द्रले व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । संघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र संस्थापक अध्यक्ष कनकमणि दीक्षितले भवनको निर्माणबाट मेरुदण्डमा चोट लागेका व्यक्तिलाई जीविकोपार्जनमा मद्दत पुगी आत्मनिर्भर हुन थप सहयोग पुग्ने आशा व्यक्त गरे । रासस

 

Skip This