नवलपरासीबाट निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता « Image Khabar


नवलपरासीबाट निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १९:३८

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले मंगलबार कावासोतीमा आयोजना गरेको बधाइ एंव सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले भौगोलिक अवस्थाका कारण नवलपरासीलाई संविधानमै परासी र नवलपुर क्षेत्र भनेर छुट्टाइएकाले त्यसको कार्यान्वयनका लागि सामूहिकरुपमा पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागी भएका नगर र गाउँपालिकाका प्रमुख/उपप्रमुखहरुले नवलपुर धार्मिक, पर्यटकीय र औद्योगिक सम्भावना बोकेको क्षेत्र भएकाले अब सरकारसँग तत्काल जिल्ला घोषणा कार्यान्वयनका लागि दबाब दिएर थप बजेट व्यवस्थाको माग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्