६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


निर्वाचन प्रचार–प्रसार सामाग्री कहिले हटाउने ? (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं महानगरको ऐतिहासिक बजार असन । भित्री चोकका चारैतर्फ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुका झन्डा र ब्यानरहरु अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ ।

गत वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा मतदाता आकर्षित गर्न लगाइका सामग्री चुनाव सकिएको तीन साता हुन लाग्दा पनि हटाइएको छैन ।

निर्वाचन आचरसंहिताले निर्वाचन सकिएपछि यथाशक्य छिटो यस्ता प्रचार सामग्री हटाउनुपर्ने निर्देशन गरेको निर्वाचन अयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा बताउँछन् ।

त्यसो त निर्वाचनको मतपरिणाम आउनै दुई साताभन्दा धेरै पर्खनुपर्ने विडम्बना पनि यसपटक देखियो ।

राजनीतिक दल तथा उम्मेदवारहरुको ध्यान निर्वाचन परिणाममै केन्द्रित भएकालेसमेत यस्तो भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

अब भने मतपरिणाममात्रै सार्वजनिक भइसकेको छैन, जनप्रतिनिधिहरुले पदबहालीसमेत गरिसकेका छन् । निर्वाचित प्रतिनिधिहरुले अब प्रचार सामग्री हटाउने बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्