६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


खोटाङमा नमुना मतदानः ३३ मत खसेकोमा ११ मत बदर


0
Shares

बुधबार सदरमुकाम दिक्तेलको हाटडाँडामा बजार भर्न आएका व्यक्तिहरुलाई लक्षित गर्दै नमुना मतदान कार्यक्रम सन्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्य नमुना मतदान कार्यक्रमका नमुना मतदान अधिकृत भएर सन्चालन भएको नमुना मतदानमा जम्मा ३३ मत खसेको थियो । जसमा ११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा अरु स्थानमा पनि नमुना मतदान कार्यक्रम सन्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।