२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

अघिल्लो दिन उच्चदरले ओरालो लागेको बजारमा यसदिन सुधार आएको हो । उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंक बढीले उकालो लागेर १६ सय ८ कायम भएर थामियो ।

उत्पादनमूलकबाहेक सबै समूहमा सुधार आयो । बिमा समूहमा सबैभन्दा उच्च १ सय २१ अंकको वृद्धि आयो । विकास बैंक, होटल र जलविद्युत् समूहमा पनि दोहोरो अंकको वृद्धि आउँदा अरु भने सामान्य अंकलेमात्र सकारात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर ६८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसैबीच, स्टक एक्सचेन्ज थप्ने विषय अहिलेको अवस्थामा आवश्यक एवं सान्दर्भिक नरहेको र यसले १८ अर्ब रुपैयाँभन्दा बढीको सरकारी सम्पत्ति जोखिमा पर्ने भन्दै नेप्सेका कर्मचारीहरुले उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।