६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


च्यातिएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन आयोगको निर्देशन


0
Shares

आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पस्ट यकिन विवरण प्राप्त नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के–कति संख्यामा मतपत्र नस्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ ।

‘गणना भएका तथा गणनाकाक्रममा रहेका मतपत्र जहाँ–जेजस्तो अवस्थामा थिए, सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहवरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ’–आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनाकाक्रममा सो वडाको एक हजार ८०९ मत मत गणना भइसकेपछि उक्त घटना भएको थियो ।

सो घटना हुनुअघि भरतपुर महानगरका २९ वडामध्ये २७ ओटा वडाको मतगणना सम्पन्न भइसकेको थियो ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ । रासस