२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


राष्ट्रपतिबाट वसन्त श्रवण


0
Shares

काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छन् ।

हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । उनलाई पुरिहितले टीका तथा प्रसादसमेत प्रदान गरे ।

वसन्त श्रवणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत हनुमानढोका पुगेका थिए ।