चर्को जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो ।
बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्को विरोध आएको थियो ।
सोही कारण बुधबार राति १० बजे एमालेले चितवनले बन्द फिर्ता भएको घोषणा गरेको थियो ।
बन्द फिर्ता भएपनि मतगणना नजिकै सुरु गरिएको धर्ना कार्यक्रम भने जारी रहेको एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।
गणनाका क्रममा मतपत्र च्यातिएर मतगणना रोकिएपछि आन्दोलन चलाउँदै आएको एमाले चितवनले मङ्गलबारदेखि धर्ना कार्यक्रम गर्दै आएको छ ।
एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले मतगणना तुरुन्त सुरु गर्न माग गरेका छन् ।
जेठ १४ गते राति मतगणना भइरहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप एमालेको छ ।
सोही दिनदेखि भरतपुर महानगरपालिकाको मतगणना कार्य स्थगित भएको छ ।
माओवादी केन्द्रले भने एमालेले मतपत्र नियन्त्रणमा लिन थालेपछि सुरक्षा गर्न जाँदा मतपत्र च्यातिन पुगेको दाबी गर्दै आएको छ जसका कारण अहिले भरतपुरको मतगणनास्थलमा सिल गरिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्