तेह्रथुममा १३ वटा मतदान स्थल संवेदनशील « Image Khabar


तेह्रथुममा १३ वटा मतदान स्थल संवेदनशील


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १२:०४

स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका १३ मतदान स्थल संवेदनशील रहेको भन्दै समितिले छुट्टै सुरक्षा रणनीति बनाएको हो ।

जिल्लाका ५७ स्थानमा ८५ वटा मतदान केन्द्र छन् । ती क्षेत्रमा हुन सक्ने झडप, पार्टी बीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, मतदाता संख्या र विगतका निर्वाचनमा भएका घटनाका आधारमा मतदान स्थलहरुलाई संवेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको छ ।

संवेदनशील स्थानमा थप सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेर्‍हथुममा ६० हजार ७ सय ४ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्