
देश र जनताका लागि लड्दै गर्दा अल्पायुमै सहिद बनेका घिमिरेको सपना पूरा गर्न उनकै छोरी विष्णुदेवी घिमिरे आचार्यले नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।
सहिदको सपना पूरा गर्ने अठोटका साथ निर्वाचनमा होमिएकी उनको उम्मेदवारी पार्टीले सार्वजनिक गरेपछि स्थानीय तहको निर्वाचनलाई आमनगरवासीले चासोकारुपमा लिन थालेका छन् ।
आफ्ना बाबुको देश र जनताप्रतिको बलिदानलाई पुनः ब्यूँताउन र इतिहासको पाना कोर्ने संकल्पका साथ आफूले उम्मेदवारी दिएको उनले बताइन् ।
उपप्रमुख पदको उम्मेदवारकारुपमा निर्वाचनको माहोलमा निस्किएकी घिमिरेले रामपुर नगरपालिकामा सहिद सूर्यप्रसाद घिमिरेको सालिक र वृद्धाश्रम स्थापना, अपांगका लागि आश्रमस्थल स्थापना गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्