
पर्यटन क्षेत्रको विकासका लागि राज्यले प्रस्तुत् गरेको बजेटले पूर्वधार निर्माण र संरक्षणमा खासै महत्व नदिएको पोखराका पर्यटन व्यवसायीको गुनासो छ ।
बजेटले कास्कीको आर्थिक विकासलाई कुनैपनि प्राथमिकता नदिएको व्यवसायीहरुको आरोप छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पर्यटन क्षेत्रमा अर्बौंको लगानी रहेको तर राज्यले लगानी सुरक्षाका लागि बजेटमार्फत् कुनै योजना नल्याएको बताए ।
व्यवसायीले ताल संरक्षणदेखि पदयात्रा मार्ग विस्तारका लागि बजेटले ध्यान दिन नसकेको बताएका छन् ।
‘टान’का अध्यक्ष दीपक अधिकारीले पोखरा विमानस्थलका लागि केही बजेट छुट्याइए पनि त्यसको सन्चालनबारे कुनै कुरा उल्लेख नहुनु आश्चर्यजनक भएको टिप्पणी गरे ।
भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि सरकारबाट कुनै ठोस योजना आउन नसकेको व्यवसायीहरुको गुनसो छ ।
मोटर बाटोले पदयात्रामार्ग छोटिँदै जाँदा वैकल्पिक पदयात्रामार्गको खोजीको लागि राज्यले कुनै योजना नल्याएको व्यवसायी धर्मराज पन्थी बताउँछन् ।
देशकै सबैभन्दा ठूलो महानगरसहित पाँच स्थानीय तह रहेको कास्कीका लागि २ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ ।
पोखरा–लेखनाथ महानगरसहित पाँच स्थानीय तहको लागि कुल २ अर्ब ९४ करोड ३२ लाख २९ हजार रुपैयाँ बजेट छुट्याइएको हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्