२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा


0
Shares

स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशकाक्रममा जनही एक लाखको धरौटी मागसहित छाडेको हो ।

जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंकाअनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारबाहीको माग गरिएको थियो । रासस