
निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि जिल्ला निर्वाचन अधिकृतको रोहवरमा उम्मेदवारहरु, प्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलेर च्यातिएका मतपत्र गनिएको हो ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा नम्बर–१९ को ९० मतपत्र च्यातिएको पाएको जानकारी दिएका छन् ।
उनले सो मतपत्र धुजा–धुजा भएकाले गन्नसक्ने अवस्थामा नरहेको बताए ।
भरतपुर वडा नम्बर–१९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ थियो । यसअघि, १ हजार ८ सय ९ मत गणना भइसकेको छ ।
बाँकी रहेको मतमध्ये ९९८ ओटा सुरक्षित रहेको र ९० ओटा मतपत्रमा क्षति पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्