Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


एनसेलले सुरु गर्‍यो फोरजी सेवा


0
Shares

एनसेल विहीबारदेखि बहुप्रतिक्षित चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटीई) सेवाको सुरु गरेको हो ।

निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम आफ्ना ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल भएका सबै एनसेल ग्राहकले काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।