२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


फिलिपिन्सको एक होटलमा बन्दुकधारीद्वारा हमला, ३० जनाभन्दा बढीको मृत्यु


0
Shares

होटलमा प्रवेश गरेका बन्दुकधारीले होटलको क्यासिनोमा रहेको टेलिभिजनमा गोली प्रहार गरी आगजनी गरेपछि निस्केको धुँवामा फसेर पनि कतिपयको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य ५४ जना घाइते भएका छन् ।

ती बन्दुकधारीले होटलमै रहेको क्यासिनोबाट चिप्स चोर्ने प्रयास गरेका थिए । हत्यारा आफैंले आफूलाई गोली हानी आत्महत्या गरेको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै सो होटल र अपार्टमेन्ट खाली गराइएको छ । घटना इस्लामिक स्टेटले गराएको आशंका गरिएको छ । (एजेन्सी)