२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चुनावको मिति सारेपछि मधेसवादी दल खुसी


0
Shares

विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोस्रो चरणअन्तर्गत् प्रदेश नम्बर–१, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो ।

तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ ।

निर्वाचन मिति सारिएपछि दल दर्ता, निर्वाचन प्रचार–प्रसारलगायतका आवश्यक तयारी गर्न सजिलो हुने भएपछि मधेसकेन्द्रित दल खुसी भएका हुन् ।

अघिल्लोपटक गरेको प्रतिबद्धता पूरा गर्न सरकारले ध्यान नदिएकाले सरकारलाई विश्वास गरिहाल्ने अवस्था नरहेको मधेसकेन्द्रित दलका कतिपय नेताले बताएका छन् ।

तर, उनीहरुले आफूहरुलाई पनि निर्वाचनमा जान पर्याप्त तयारीको समय छुट्याएको भन्दै सरकारलाई धन्यवादसमेत दिएका छन् ।

सरकारले मुद्दा सम्बोधन गरे आफूहरु पनि उत्साहित भएर चुनावमा सहभागी हुने राजपा कैलालीका नेता जंगबहादुर बडायकले बताए । रासस