२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता


0
Shares

लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ ।

प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाइँबीच हस्ताक्षर भएको छ ।

सम्झौतानुसार हिउँदमा प्रतियुनिट रु ८.४० र वर्षामा भने रु ४.८० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्ने भएको छ ।

गुरागाइँकाअनुसार आयोजना निर्माण सम्पन्न भएको ८ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ ।

न्यादी खोलाको ६.८ घमि प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधिनेछ । उक्त आयोजनाको पानीलाई सुरुङमार्फत् काफलडाँडा पुर्‍याएर विद्युत् उत्पादन गरिनेछ ।

वि.सं. २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने कार्यकारी सन्चालक गुरागाइँले जानकारी दिए । रासस