
-युवराज रोइला/ईमेज
सरकारले जेठ ३१ गतेका लागि तोकेको दोस्रो चरणको चुनावको मिति पटक–पटक सारिरहंदा खोटाङे जनतामा पनि निरासा पैदा भएको छ ।
चुनावको मिति सारिंदा राजनीतिक दलहरुले चुनावी गतिविधिलाई समेत तिव्रता दिन सकेका छैनन् । सरकारले चुनावको मिति सारिरहंदा खोटाङमा चुनावी गतिविधिमै सुस्तता आएको मतदाता भनाइ छ ।
बर्खायाममा चुनाब हुनु किसानकालागी घाटा भएको मतदाताको भनाई छ ।
सरकारले मिति सारेर मध्य असारमा निर्वाचन गर्ने घोषणा गरेकोमा उनीहरुले आलोचना समेत गरेका छन् ।
प्रमुख राजनीतिक दलका कार्यलयहरु सुनसान देखिन्छन् भने प्रमुख राजनीतिक दल काँग्रेस बाहेकका एमाले र माओवादी केन्द्रले उम्मेद्वार घोषणा गरिसकेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले भने चुनावको तयारी गरिरहेको छ ।
पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचन गराएको सरकारले दास्रो चरणमा ४ सय ६१ स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।
२ नगरपालिका र ८ वटा गाउँपालिका रहेको खोटाङका सबै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्