तेह्रथुममा १० हजार बढी विद्यार्थीलाई एकसाथ छात्रवृत्ति « Image Khabar


तेह्रथुममा १० हजार बढी विद्यार्थीलाई एकसाथ छात्रवृत्ति


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १०:१९

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत १० हजार ३ सय १७ जनालाई दलित, अपांग, सीमान्तकृत छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो ।

जिल्ला शिक्षा कार्यालयको निर्देशन बमोजिम जिल्लाभरका विद्यालयले जेठ १४ देखि अभियानकै रुपमा छात्रवृत्ति वितरण शुरु गरेका छन् ।

यसवर्ष कार्यालयले ४९ लाख ३ हजार ७ सय रुपैयाँ छात्रवृत्तिमा वितरण गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

तेह्रथुममा ४६ वटा माध्यमिक विद्यालय र १ सय ८३ वटा आधारभूत विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्