
चुनावी कार्यक्रमहरुमा सहभागी हुन गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले शनिबार हामीसँग कुरा गर्दै ‘माओवादीको उम्मेदवारी खारेज गरेर बाँकी उम्मेदवारहरुको मतगणना अघि बढाउनुपर्छ’–भने ।
भरतपुरमा मतपत्र च्यात्ने काम ‘राज्यसत्ताले गरेको सुनियोजित निर्लज्ज धाँधली हो’ भन्दै उनले मतगणना अघि नबढेसम्म संसदको अवरोध खुला नहुने पनि बताए ।
राष्ट्रपति कार्यालयले संसदलाई पठाएको पत्रसमेत संसदलाई जानकारी नगराइ सभामुखले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै भट्टराईले खुलामञ्चबाट प्रधानमन्त्री घोषणा गर्न चुनौती पनि दिए ।
प्रतिक्रिया दिनुहोस्