२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध


0
Shares

अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार (हिजो) अनुमोदन गरेका हुन् ।

चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल उनीहरुका बीचमा भएको सहमतीअनुसार सुरक्षा परिषद् यस्तो निर्णयमा पुगेको हो ।

उत्तर कोरियाका चारवटा कम्पनी र १३ जना व्यक्तिलाई प्रतिवन्ध लगाइएको अधिकारीहरुले बताएका छन् ।

पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्न राष्ट्रसंघ विभिन्न देशहरुको आग्रहलाई उत्तर कोरियाले अस्विकार गर्दै आइरहेको छ ।

पछिल्लो समयमा त उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको श्रृंखलालाई थप बक्लो बनाएको छ । रासस/एएफपी/सिन्ह्वा