भरतपुमा पुनः मतदान स्वीकार नगर्ने एमालेको निर्णय

फाइल फोटो
एमाले स्थायी समितिको शनिबार बसेको बैठकले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय ‘संविधानविपरीत’ रहेको ठहर गर्दै उक्त निर्णय अस्वीकार गर्ने निर्णय गरेको हो ।
यस्तै, एमालेले आइतबार व्यवस्थापिका–संसदमा हुन लागेको प्रधानमन्त्री चयनको तयारीप्रति पनि जानकारी नभएको बताएको छ ।
निर्वाचन आयोगको शनिबारै बसेको बैठकले भरतपुरको वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेको घटनामा सो वडाको मतदान रद्द गर्दै पुनः मतदान गराउने निर्णय गरेको हो ।
निर्वाचन आयोगको निर्णय सार्वजनिक भएलगत्तै एमाले नेताहरुले पुनः मतदान गराउने निर्णय ‘दुर्भाग्यपूर्ण’ भनि आपत्ति जनाएका छन् ।