
काठमाडौं, माघ २६ । बागमती नदी सफाई महाअभियानको ३०० औं हप्ता पूरा भएको छ ।
‘स्वच्छता मेरो पहिचान ः सफाइ मेरो योगदान’ भन्ने नाराका साथ आज बागमती नदी सफाइ महाअभियानको ३००औं हप्ताको अवसरमा विशेष कार्यक्रम गरिएको छ । शहरी विकास मन्त्रालयको आयोजनामा विशेष कार्यक्रम गरी नदी सफाई गरिएको हो ।
सफाई अभियान अन्तर्गत काठमाडौको शंखमूलस्थित बागमती नदी किनारमा गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बागमती नेपालको सभ्यता भएकाले सबैलाई बागमती सफाई अभियानमा जुट्न आग्रह गरे । उनले फोहोर ब्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दिए ।
बागमतीको पानी पिउनयोग्य र वाग्मतीको पानीमा आफ्नो मुहार ऐनामा जस्तो छर्लङ्ग नदेखिएसम्म सफाई अभियानले पूर्णता नपाउने उनले बताए ।
कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री विना मगरले बागमती सफाई अभियानलाई निरन्तरता दिने बताए । बागमती नदीलाई जीवन्तता दिनको लागि सबै क्षेत्रको सकृयता आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्