२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचन आयोगको निरीहता झल्क्यो : बाबुराम, द्वन्द्वको कारखाना खोल्ने काम : योगेश


0
Shares

                                                                                 फाइल फोटो
राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै यो विषयमा निर्वाचन ‘आयोगको निरीहता’ झल्केको टिप्पणी गरेका छन् ।

‘मतपत्र च्यातेको निहुँमा भरतपुरमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय अनुपयुक्त र गलत छ’–राप्रपाका अध्यक्ष कमल थापाले शनिबार आफ्नो ट्वीटमा लेखेका छन् ।

यस्तै, एमाले सचिव योगेश भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्–‘निर्वाचन आयोगको निर्णय दुर्गाग्यपूर्ण, दुराशययुक्त छ । लज्जास्पद र खराब नजिर हुनेछ । राजनीतिक द्वन्द्वको कारखाना खोल्ने काम गरेको छ ।’

पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतगणना भइरहेको समयमा गत आइतबार राति नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

सो वडाको मतगणना अन्तिमतिर पुगेकाबेला मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो वडाको मतदान रद्द गर्दै सो वडामा पुनः मतदान गराउने निर्णय गरेको हो ।