अख्तियारको हिरासतमा रहेका महानिर्देशक शर्मा सात दिन हिरासतमै रहने « Image Khabar


अख्तियारको हिरासतमा रहेका महानिर्देशक शर्मा सात दिन हिरासतमै रहने


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १३:२६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आइतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको थयो । अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी सात दिनको समय दिएको हो ।

अख्तियारले शर्मालाई गत शुक्रबार पक्राउ गरेको थियो ।

अदालतमा उपस्थित भएका शर्माले आफूमाथि लागेको आरोप झुठा भएको दाबी गरे । उनले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार आफूले विधिसम्मत काम गरेको दाबी गर्दै आफूमाथि लागेको आरोप कर फर्छ्यौट आयोगको विधि निर्माण गर्ने संसद् र सरकारको अपमान भएको प्रतिक्रिया दिए ।

अख्तियारले ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने’ आशंकामा शर्मालाई पक्राउ गरेको हो । अख्तियारको गिरफ्तारीसँगै सचिव हुने रोलक्रममा रहेका विवादास्पद पृष्ठभूमिका शर्मा निलम्बित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्