विराटनगरमा सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय स्थापना « Image Khabar


विराटनगरमा सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय स्थापना


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १७:४८

उच्च अदालत सरकारी वकिलको कार्यालयमा स्थापना गरिएको कार्यालयको आयोगकी सदस्य मञ्चला झाले उद्घाटन गरिन् ।

उच्च अदालत सरकारी वकिल कार्यालयका सहन्यायीबक्ता चिरञ्जीवी पराजुलीलाई एक नम्वर प्रदेश स्तरीय कार्यालयको संयोजक तोकिएको छ ।

तीन सदसीय टोलीमा मीना सेढाई र केशव न्यौपाने सदस्य रहेका छन् ।

माओवादी द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनको जाँचबुझ तथा पीडितहरुलाई क्षतिपूर्ति दिनका लागि यो कार्यालयले सिफारिस गर्ने छ ।

कार्यालयले पूर्वाञ्चलबाट आयोगमा परेको १ हजार उजुरीमाथि भोलिदेखि नै छानविन प्रारम्भ गरी तीन महिना भित्र प्रतिवेदन आयोगको केन्दिय कार्यालयमा पठाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्