२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


बेलायतमा भएको आतंकबादी आक्रमणको सर्वत्र निन्दा


0
Shares

घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार (आज) निकालेको विज्ञप्तिमा आतंकबाद विरुद्ध लड्न बेलायतलगायतका देशका बीचमा थप सशक्त सहकार्यको आवश्यकता भएको जनाइएको छ ।

‘यो पिडादायिक क्षणमा अझ संवेदनशिल हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवार र सुवेच्छुकलाई नआत्तिन आह्वान गर्दछौँ ।’

घटनामा परी फ्रान्सका चार जना नागरिक घाइते भएका फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ ।

त्यसैगरी अन्य देशका शिर्ष नेतालेपनि लन्डनमा शनिबार राति अर्को आतंककारी आक्रमण भएको घटनाप्रति भत्सर्ना गर्दै दुःख व्यक्त गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना सन्देश पठाउँदै सहानुभूित व्यक्त गरेका छन् ।

उनले बेलायती जनता र सरकारप्रति आफुहरुको सहानुभूित रहेको बताउँदै दोषी पत्ता लगाई कारबाही गर्न आफ्नो तर्फबाट सवै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संयुक्त अरव इमरेट्सले उक्त घटनालाई ‘आतंककारी अपराध’ भनेको छ ।

विदेश मन्त्रीद्वारा जारी गरिएको विज्ञप्तिमा अतिवादी र आतंकबादीविरुद्ध अझ शसक्त रुपले लड्न आह्वान गरिएको छ ।

बेलायती सरकार र जनतालाई पाकिस्तानले पनि सहानुभूति व्यक्त गरेको छ । विदेश मन्त्रीद्वारा जारी विज्ञप्तिमा ‘आतंककारीको आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दछु’ भनिएको छ ।

मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । रासस÷सिन्ह्वा