सुनको भाउ ५५ हजार माथी पुग्यो « Image Khabar


सुनको भाउ ५५ हजार माथी पुग्यो


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १९:३८

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ५५ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ३ सयले ओरालो लागेर ५४ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७ सय ७५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १२ सय ८० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्