२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हत्यामा संलग्न भएको आरोपमा माओवादी केन्द्रका नेताहरुमाथी मुद्दा


0
Shares

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आज जिल्ला अदालत चरिकोटमा मुद्दा दायर गरेका हुन ।

ज्यान मुद्दा लाग्नेहरुमा पूर्व राज्यमन्त्री समेत रहेकी देवी खड्का, माओवादी पोलिटब्युरो सदस्य गंगा कार्की, माओवादीका दोलखा जिल्ला अध्यक्ष विशाल खड्का लगायत रहेका छन् ।

मृतक तामाङका आफन्तको जाहेरीको आधारमा प्रहरीले अभियुक्तहरु विरुद्ध अनुसन्धान गरी मुद्धा दायर गरिएको जनाइएको छ ।

गत बैशाख २७ गते जुँगुमा भएको आक्रमणमा एमाले कार्यकर्ता तामाङको मृत्यु भएको थियो ।

घटना लगत्तै प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो भने ज्यान मुद्धा दायर गरिएकाहरु फरार रहेको पनि प्रहरीले जनाएको छ । उक्त घटनाको राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान थालेको छ ।