
इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्नेक्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताए ।
प्रहरी उपरीक्षक दिवेदीकाअनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एकथान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ ।
पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्