२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बागलुङ–कुश्मिसेरा सडकखण्डअन्तर्गत तीन किलोमिटर सडक कालोपत्रे गरिदैं


0
Shares

कालिगण्डकी करिडोरसँग जोडिएको बाग्लुङ नगरपालिका १० गलुवाको दब्लाङबाट बाग्लुङ नगरपालिका–१३ पैयुँपाटाको पाग्जासम्म सडक कालोपत्रे भइरहेको हो ।

जयबाबा गोरख र ओखलढुंगा इन्जिनियर जेभीले कालोपत्रे गर्ने काम पाएको हो । साढे ५ मिटर चौडाई भएको सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७२/०७३ मा सम्झौता भएको र चालु वर्षको असार मसान्तमै सम्पन्न गरिने ठेकेदार कम्पनीले जनाएको छ ।

हालसम्म ८ सय मिटर बनाइएको सडकको २२ सय मिटर बाँकी रहेको छ । सडक विस्तारले स्थानीयस्तरमा उत्पादित दूध, तरकारी तथा कृषिजन्य बस्तुको बजार व्यवस्थापन हुनुको साथै मनग्य आर्थिक आम्दानीको बाटो समेत खुलेको छ ।