१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कांग्रेस र माओवादीले कुन–कुन मन्त्रालय लिँदैछन् ? (भिडियो )


0
Shares

गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच केही मन्त्रालयहरुको बाँडफाँटको टुंगोसमेत लागिसकेको छ । अरु दलहरु पनि सरकारमा जान तत्तयार देखिएका छन् ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसले रक्षा, परराष्ट्र, अर्थ र भौतिक योजना मन्त्रालय लिने पक्कापक्की भएको बताइएको छ भने माओवादीले गृह, ऊर्जा र शिक्षा मन्त्रालय लिने निश्चितजस्तै छ ।

कांग्रेस नेता मीन विश्वकर्माले दाहाल नेतृत्वमा माओवादीले लिएको मन्त्रालय अब कांग्रेसले लिने गरी सहमति भएकाले सोहीअनुसार मन्त्रालय टुंगो लगाउने गृहकार्य भइरहेको बताए ।

देउवालाई कांग्रेसका २०७, माओवादीको ८१, राप्रपाका ३७, राजपाका २५, लोकतान्त्रिक फोरमका १७, संघीय समाजवादी फोरमका १५, नेकपा संयुक्तका ३, अखन्ड नेपाल १ र समाजवादी जनता दल १ गरी ३८८ जनाको समर्थन रहेको दाबी गरिएको छ ।

दुईतिहाइ बहुमतको लागि ३९६ जनाको समर्थन आवश्यक पर्ने र त्यसका लागि तटस्थ रहेका साना पार्टीका सांसदहरु तान्ने कोसिस भइरहेको जनाइएको छ ।

विपक्षमा भने नेकपा एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, बहुजन शक्ति पार्टी १, बौद्धिक जनतान्त्रिक परिषद नेपाल १ र मधेस समता पार्टीका २ गरी १९६ जना रहेका छन् ।

प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेकामध्ये संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलेमात्रै सरकारमा सहभागी नहुने बताएका छन् ।

राजपा नेता केशव झाले गठबन्धनले आफूहरुको ‘बटमलाइन’ पूरा गरे निर्वाचनमा भाग लिनसम्म सकिने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्