२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अदालतले गर्ने निर्णय सबैलाई मान्य : रावल


0
Shares

सोमबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले न्यायालयभन्दा माथि कोही पनि नरहेको भन्दै ‘सर्वोच्च अदालतले गर्ने निर्णयमा कसैले प्रश्न उठाउन मिल्दैन’–भने ।

‘सत्ताधारी दलहरुले कतिसम्म शक्तिको दुरुपयोग गर्न सक्छन् ? भन्ने भरतपुरको घटनाले पुष्टि गरेको’ भन्दै रावलले ‘मतपत्र च्यात्नेहरुलाई कारबाहीसमेत गर्न नसक्ने सरकारबाट दन्डहीनता अन्त्यको अपेक्षा हुन सक्दैन’–भने ।

सोही अवसरमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मंगलबार प्रधानमन्त्री निर्वाचित हुनेमा कुनै दुविधा नरहेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कारण दोस्रो चरणको निर्वाचनमा ढिलाइ भएको तर्क गरे ।

यस्तै, राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले भने आफूहरुले अघि सारेका माग पूरा हुने अवस्थामा राजपा चुनावमा जान तयार हुने बताए ।