१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतीय सवारी साधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने लहरीलाई नियन्त्रणमा लिएपनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । (रासस)