
चितवन । चितवनमा सवारी दुर्घटना भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकापछि सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज भरतपुरमा गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
ट्राफिक प्रहरीका उपरीक्षक नवीनराज राईका अनुसार प्रदेश नं. ३ का १० वटा जिल्लामा मात्रै हरेक महिना सरदर ४५ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।
ती मध्ये हरेक महिना १६ देखि १७ जनाको चितवनमा हुने सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।
चितवनमा मात्रै यो आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परि ८९ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्