
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् ।
पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् ।
बन्दको नेकपा माओवादी केन्द्र निकट महिला सञ्जाललगायतका विभिन्न संघसंस्थाले समेत साथ दिएका छन् ।
शनिबार साथीहरुसँग पिकनिक गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो ।
उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्