
काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले दुई देशबीच रहेको शंकाको वातावरणलाई निवारण गर्नेतर्फ आफु केन्द्रित रहने बताएका छन् ।
राजधानीमा आज भएको साक्षात्कारमा उनले दुई देशवीच अभैm पनि असमान सन्धि सम्झौताहरु विद्यमान रहेकोले प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनले सो विषयलाई समाधान गर्ने बताए ।
नेपालको विद्यमान व्यापार घाटा कम गर्न भारतीय लगानी भित्र्याउनु पर्ने भन्दै आचार्यले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहान गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्